Logo
Logo

प्रभु साहको आरोप- अहिलेका मन्त्रीहरू नै हुण्डी कारोबारमा संलग्न छन्


441
Shares

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सरकार आफैँ हुण्डी कारोबारमा संलग्न रहेको आरोप लगाएका छन् ।

कालोधनलाई सेतो बनाउन सरकारका मन्त्रीहरु नै कानूनले प्रतिवन्ध लगाएको हुण्डी कारोकारमा संलग्न रहेको उनको जिकिर थियो ।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष साहले सरकारका मन्त्री, उच्च ओहोदाका कर्मचारी र ठूल्ठूला व्यापारिक घरानाले मिलेर हुण्डी कारोबारको सञ्जाल नै बनाएको उल्लेख गर्दै त्यसले मुलुकलाई आर्थिक रुपमा झनै बर्बाद बनाउने बताए ।

उनले हुण्डी कारोबारकै कारण राजश्व छली हुने गरेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न पनि सरकारलाई सचेत गराए ।

अध्यक्ष साहले भने, ‘आज हुण्डी कारोबारले गर्दा देश खोक्रो भइसक्यो । अर्थतन्त्र तहसनहस छ। भ्रष्टाचार दिन दहाडै बढ्दो छ । सुन क्विन्टलका क्विन्टल नेपाल आइरहेका छन्। यो अवस्था नेपालमा छ । हुण्डी कारोबार के नेपालमा नियन्त्रण गर्नैं नसकिने हो ? नेपालको कानूनले यसलाई ठूलो अपराध ठानेको छ। तर सरकारले यसलाई किन नियन्त्रण गर्न सक्दैनरु सरकार र उच्च ओहोदाका मान्छेहरु हुण्डी कारोबारमा संलग्न छन्। मन्त्रीहरु, ठूल्ठूला व्यापारिक घरानाहरु हुण्डी कारोबारमा संलग्न छन् । बैंकहरु आफैँ अप्रत्यक्ष रुपमा त्यसमा संलग्न छन्। र, नेपाल यसरी बर्बाद हुँदै छ । राजस्व दिनदहाडै छली हुन्छ। भन्सार छली हुण्डीकै कारण भएको छ। हुण्डी कारोबारका कारण कालो धन सफेद हुने अवस्था छ। सरकार आफै हुण्डी कारोबारमा संलग्न छ ।’

अध्यक्ष साहले बैंकहरु समेत हुण्डी कारोबारमा संलग्न देखिएको भन्दै आपत्ति जनाए ।

प्रतिक्रिया दिनुहोस्