Logo
Logo

जयपृथ्वी राजमार्ग सञ्चालन


252
Shares

बैतडी । पहिराले अवरुद्घ खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । बैतडीको पाटन नगरपालिका–८ स्थित विजयपुर नजिकै ठूलो पहिरो गएपछि गएरातिदेखि सडक अवरुद्ध भएको थियो ।

बिहानदेखि सडक डिभिजन कार्यालयबाट मगाइएका लोडरसहितका मेसिन प्रयोग गरी अपराह्नपछि राजमार्ग सञ्चालन भएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए ।

हिजो राति दुईपटक पहिरो गएको थियो । पहिलोपटक गएको पहिरो हटाएर साँझतिर सडक सञ्चालन गरिएकामा फेरि पहिरोबाट सडक अवरुद्ध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्