Logo
Logo

ओम र पोखरा विश्वविद्यालयबीच सम्झौता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । ओम डेभलपमेन्ट बैंकले पोखरा विश्वविद्यालय स्कुल अफ बिजनेसका विद्यार्थीलाई अध्ययन अनुसन्धानलगायत विविध विषयमा सहयोग गर्ने भएको छ । बैंक र विश्वविद्यालबीच मानव संसाधनलगायत विद्यार्थीलाई अध्ययन अनुसन्धानमा आवश्यक पर्ने वित्तीयलगायत विविध विषयमा सहयोग गर्ने गराउनेसम्बन्धी सहमति भएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी तथा पोखरा विश्वविद्यालय स्कुल अफ बिजनेसका डा. रवीन्द्र घिमिरेले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
सहमतिअनुसार ओम डेभलपमेन्ट बैंकलाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापनमा पोखरा विश्वविद्यालयमा स्तातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई प्रयोग गरिने बताइएको छ ।
त्यस्तै, बैंकद्वारा सञ्चालन गरिने वित्तीय साक्षरता कार्यक्रममा अध्ययनरत विद्यार्थीको सहयोग लिने, भिजिटिङ प्रोफेसरका रूपमा विद्यार्थीलाई बैंकिङ तथा वित्तीय क्षेत्रका विविध विषयमा जानकारी गराउनेलगायत विविध विषय पनि समेटिएका बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्