काठमाडौँ । काठमाडौंको माइतीघरमा एक महिला हाम फाल्ने प्रयास गरेका छन् । प्रहरीका अनुसार लामो समयदेखि माइतीघरमा धर्ना दिइरहेका तारा शाही नाम गरेका महिला शनिबार राष्ट्रिय झन्डा राखिएको पोलमा हाम फाल्ने प्रयास गरेका छन् ।

२ वर्षसम्म लिभ-इन सम्बन्धमा बसेर पनि केटाले विवाह गर्न नमानेपछि तारा शाही नाम गरेका ती महिलाले विगत एक महिनाभन्दा बढी समयदेखि माइतीघरमा बसेर धर्ना दिँदै आइरहेका थिए ।
माइतीघरमा आफूले छाडेको ब्यानर हराएको भन्दै उनी पोलमा चढेका हुन् । उनलाई प्रहरीले सकुशल उद्धार गरेको छ ।














