काठमाडौं । काठमाडौंको महाराजगंजस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको छैटौं तलाबाट हामफालेका युवकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार शनिबार दिउँसो अस्पतालको छैटौं तलामा रहेको क्याफेको रेलिङबाट हामफालेका गोकर्णेश्वर नगरपालिका-४ बस्ने २१ वर्षीय स्वरूप आचार्यको मृत्यु भएको हो ।
दिउँसो अस्पताल पुगेपछि छैटौं तलामा रहेको क्याफेमा कफी खाएका र त्यसपछि रेलिङबाट हामफालेको प्रहरीले जनाएको छ । उनी बिरामी भएर अथवा बिरामी भेट्नका लागि अस्पताल गएका थिएनन् ।
‘आएर कफी खाइसकेपछि रेलिङबाट हामफालेको बताइएको छ,’ एक प्रहरीले भने । उनको शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । घटनापछि मृतकको आफन्त पनि अस्पताल पुगिसकेका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।














