Logo
Logo

सर्लाहीमा १० टन चिनी बरामद


1.1k
Shares

बरहथवा । सर्लाहीमा प्रहरीले १० टन चिनीसहित मिनी ट्रक नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय केश्वरगञ्जको टोलीले ईश्वरपुर नगरपालिका–५, सखुवनी टोलबाट चिनीसहितको मिनी ट्रक नियन्त्रणमा लिएको हो । बरामद भएको चिनी सात लाख रुपैयाँ बराबरको रहेको प्रहरी नायब उपरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिए ।

बयलवासबाट सिन्धुलीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १६०० नम्बरको ट्रक जाँच गर्दा बिलविजकमा कैफियत देखिएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । ट्रकमा ५० किलोग्रामका दुई सय बोरा चिनी रहेका प्रहरीले जनाएको छ ।

ट्रक चालक ताप्लेजुङ जिल्लाको आठराइ त्रिवेणी गाउँपालिका–२, निवासी ३७ वर्षका झलक लिम्बूलाई नियन्त्रण लिई कारबाहीका लागि जिल्ला भन्सार कार्यालय मलंगवामा पठाएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्