Logo
Logo

भोटेकोशी बाढीमा बेपत्ताको दाबी पेस गर्न ७ दिनको समय


0
Shares

काठमाडौैं । सरकारले रसुवा हुँदै भोटेकोशीमा आएको विनाशकारी बाढीमा परि बेपत्ता हुनेहरुको विवरणमा दाबी पेस गर्न सात दिने सूचना जारी गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा–भोटेकोशी बाढीमा परी बेपत्ता भएका स्वदेशी तथा विदेशी नागरिकको अद्यावधिक विवरणमा दाबी पेश गर्न सात दिने सूचना जारी गरेको हो ।

विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३ को दफा २ को उपदफा (३) बमोजिम प्रकाशित यो दोस्रो चरणको सूचना मार्फत बेपत्ता व्यक्ति जीवित रहेको वा फेला परेको भए सम्बन्धित व्यक्ति वा एकाघरको परिवारले सात दिनभित्र दाबी पेश गर्न आग्रह गरिएको छ ।

प्राधिकरणका अनुसार प्रथम चरणको सूचना २०८३ कार्तिक २१ गते र दोस्रो चरणको सूचना २०८३ मंसिर ५ गते प्रकाशित भएको हो ।

हालसम्म १७ जिल्लाका कुल १ हजार १ सय ९८ जनाको विवरण यकिन भई समावेश गरिएको प्राधिकरणले जनाएको छ । विदेशी १२ देशका ४ सय ५२ जनाको विवरण यकिन भएको छ । जसमा भारतका २१३ जना, चीनका ८५ जना, संयुक्त राज्य अमेरिकाका ६९ जना, संयुक्त अधिराज्यका ३२ जना र क्यानडाका २७ जना रहेका छन् ।

सिङ्गापुरका ९ जना, दक्षिण अफ्रिकाका ६ जना, फ्रान्सका ४ जना, हङ्गेरी, बेल्जियम र काजाकिस्तानका २–२ जना तथा बेलारुसका एक जनाको विवरण समावेश गरिएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित विवरणमा थपघट, संशोधन वा कुनै दाबी विरोध भएमा स्वदेशी नागरिकको हकमा व्यहोरा खुलाएर सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा प्राधिकरणको इमेल ठेगानामा दाबी पेश गर्न सकिने छ भने, विदेशी नागरिकको दाबी विरोध पेस गर्न कन्सुलर सेवा विभागमा सम्पर्क गर्न सकिने छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000