Logo
Logo

पेरिस ओलम्पिक सम्पन्न (समापनका तस्बिरहरु)


567
Shares

काठमाडौं । पेरिस ओलम्पिक समापन भएको छ । फ्रान्सको पेरिसमा जुलाई २६ देखि सुरू भएको ३३औं ग्रीष्मकालीन ओलम्पिक नेपालसहित एशियाका ४४ वटा देशले भाग लिएका थिए ।

अब चार वर्षपछि संयुक्त राज्य अमेरिकाको लस एन्जलसमा ३४औं ग्रीष्मकालीन ओलम्पिक हुनेछ । यसपालीको ओलम्पिकमा अमेरिका र चीनले बराबरी स्वर्ण जितेका छन् । अमेरिकाले अन्तिममा स्वर्ण बराबरी बनाउँदा चीनलाई पदक संख्यामा उछिनेको हो ।

३२ वटा खेलका ३२९ वटा इभेण्ट सञ्चालन गराइएको ओलम्पिकमा २०६ ओलम्पिक राष्ट्रिय टिम र ६ हजार ८०० खेलाडी सहभागी थिए । जसमा अमेरिकाले ४४ रजत र ४२ काश्यसहित कुल १२६ पदक जितेको छ । यस्तै, चीनले ४० स्वर्णसहित २७ रजत, २४ काश्य जित्दा ९१ वटा पदक जितेको छ ।

त्यस्तै जापान २० स्वर्ण जितेर तेस्रो स्थानमा छ । जापानले २७ रजत र २४ काश्यसहित कुल ४५ पदक जितेको छ भने अस्ट्रेलियाले १८ स्वर्ण, १९ रजत र १६ काश्य गरी ५३ वटा पदकसहित चौथो स्थानमा रहेको छ । आयोजक फ्रान्सले १६ स्वर्ण, २६ रजत र २२ काश्य गरी ६४ पदक जितेको छ ।

  • तस्बिरहरु एजेन्सी

प्रतिक्रिया दिनुहोस्