Logo
Logo

भारतीय विदेश सचिवले भेटे गृहमन्त्री


819
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखक र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ । सोमबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको हो ।
भेटमा उनीहरुबीच आगामी दिनमा दुई देशबीचको सहकार्यलाई मजबुद बनाउने बिषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

दुई दिने नेपाल भ्रमणमा आइतबार काठमाडौं आएका भारतीय विदेश सचिव मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री विष्णु पौडेल लगायतसँग छुट्टाछुट्टै भेट गरेका छन् । उनी भ्रमण सकेर आजै स्वदेश फर्कने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्