Logo
Logo

क्यान्सरपीडित गीतकार चाम्लिङलाई सहयोग रकम हस्तान्तरण


2k
Shares

काठमाडौं । क्यान्सर रोगबाट पीडित गीतकार टीका चाम्लिङलाई उपचारका लागि हङकङबाट संकलित चार लाख सहयोग हस्तान्तरण गरिएको छ । हङकङमा रहेका गीतकार संघ नेपालका आजीवन सदस्य बज्रकुमार थुलुङ राईको संयोजनमा उक्त संकलन भएको हो ।

गीतकार संघ नेपालका अध्यक्ष बसन्त बित्यासी थापा, महासचिव टीका राई ‘शिव’, कोषाध्यक्ष चेतन खतिवडा, निवर्तमान अध्यक्ष शुभ मुकारुङ र डा.भक्त राईले ‘हेड एण्ड नेक’ क्यान्सरबाट पीडित गीतकार चाम्लिङको निवास भक्तपुरमा पुगेर उत्तः रकम हस्तान्तरण गरेका थिए ।

हङकङबाट संलकन रकमसँगै गीतकार संघमा संकलन भएको ३५ हजार ७ सय ३९ रुपैयाँ रकमसहित जम्मा चार लाख ३५ हजार ७ सय ३९ रुपैयाँ हस्तान्तरण गरिएको संघका अध्यक्ष बसन्त वित्यासी थापाले बताए ।

तीन दशकदेखि कविता र गीत लेखनमा सक्रिय रहेका गीतकार चाम्लिङ नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राज्ञसभा सदस्य हुन् । उनी करिब एक वर्षदेखि क्यान्सर रोगबाट पीडित भएर उपचारत छन् ।

उपचारको क्रममा आर्थिक अवस्था कमजोर भएपछि गीतकार संघ नेपालले सहयोगका लागि अपिल गरेको थियो । यसअघि गीतकार संघ नेपालले २५ हजार रुपैयाँ संस्थागत रुपमा सहयोग गरेको थियो । गीतकार चाम्लिङको किमो थेरापी र रेडियसनको काम चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्