Logo
Logo

बोक्सीको आरोपमा युवतीको हत्या


- दृष्टि न्युज/संवाददाता



धादिङ, १० माघ ।
बोक्सी आरोपमा एक युवकले काकी नाता पर्नेको हत्या गरेका छन् । धादिङको नीलकण्ठ नगरपालिका–१४ धुवाकोट, रातमाटेका १६ वर्षीय युवक सुमन आलेमगरले सोही ठाउँकी २५ वर्षीया मनिता आलेको हत्या गरेका हुन् ।


अभियुक्त सुमनकी आमा लामो समयदेखि बिरामी थिइन् । मनिताले बोक्सीको तन्त्रमन्त्र गरेको भन्दै दुई परिवारबीच झगडा हुने गरेको स्थानीयले बताए ।

मंगलबार बिहान ८ बजे घाँस काट्न निस्किएको केहीबेरमा आलेले खुकुरीले हानेर मनिताको हत्या गरेका थिए । उनको गर्धनमा खुकुरी प्रहार गरिएकाले घटनास्थलमै मृत्यु भएको थियो ।

हत्यापछि फरार भएका आलेमगरलाई प्रहरीले राति घरबाटै पक्राउ गरेको छ । नजिकको जंगलमा दिनभर लुकेर राति घर आएको मौका पारेर प्रहरीले पक्राउ गरेको हो । घटनाको थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्