
काठमाडौं । आज (सोमबार) नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ४०० रुपैयाँले घटेर एक लाख ६७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो (आइतबार) छापावाल सुन प्रतितोला एक लाख ६७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला दुई हजार ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला दुई हजार ८५ रुपैयाँमा कारोबार भएको थियो ।














