Logo
Logo

बेलायतमा थप एक भूपू गोरखाको कोरोनाबाट मृत्यु, मृतक नेपालीको संख्या ६५ पुग्यो


- दृष्टि न्युज/संवाददाता


लण्डन, १५ जेठ । कोरोनाबाट बेलायतमा थप एक भूपू गोरखा सैनिकको निधन भएको छ ।
बेलायतको ग्रेजमा बस्दै आएका ६१ वर्षीय जीतेन्द्र राईको उपचारका क्रममा मंगलबार निधन भएको उहाँको आफन्त बलु राईले जानकारी दिए । पुख्र्याैली घर खोटाङ भइ उदयपुर बसाइँसराइ गर्नुभएका राई लामो समयदेखि बेलायत बस्दै आएका थिए ।
शुरुमा कोरोनाको लक्षण देखिएपछि घरमै आइसोलेसनमा बस्न अस्पतालले सुझाएको थियो । घरमा १४ दिनसम्म बस्दा पनि ठीक नभएपछि पाँच हप्ता अगाडि उनलाई एम्बुलेन्स बोलाएर अस्पताल लगिएको थियो । घर नजिककैको बासिल्डन अस्पतालको सघन उपचारकक्षमा एक महिना पाँच दिन राखेर उपचार गर्दासमेत कुनै सुधार भएको थिएन ।
उनका तीन छोरा बेलायतमा र श्रीमती नेपालमै छन् । हालसम्म बेलायतमा कोरोनाबाट निधन हुने नेपालीको संख्या ६५ पुगेको छ भने राईसहित भूपू गोरखा सैनिकको संख्या ५४ पुगेको छ । रासस

प्रतिक्रिया दिनुहोस्