Logo
Logo

सिटिजन्स् बैंकलाई साफाको पुरस्कार


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । सिटिजन्स् बैंक इन्टरनेसनलले साफा बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०१७ प्राप्त गरेको छ । साउथ एसिएन फेडेरेसन अफ एकाउन्टेन्टस् (साफा)ले बैंकलाई उक्त अवार्ड प्रदान गरेको हो ।
भारतको पुणेमा आयोजित कार्यक्रममा बैंकले प्राइभेट सेक्टर बैंक विधामा सर्टिफिकेट अफ मेरिट प्राप्त गरेको हो । सार्क क्षेत्रमा क्रियाशील व्यावसायिक लेखा निकायको छाता संगठनका रूपमा स्थापित साफाले हरेक वर्ष दक्षिण एसियामा प्रकाशित वार्षिक प्रतिवेदनको मूल्यांकन गरी विभिन्न विधामा पुरस्कार वितरण गर्दै आएको छ । बैंकले यसअघि पनि साफाले प्रदान गरेका विभिन्न अवार्ड प्राप्त गरेको छ ।

सिटिजन्स् बैंक इन्टरनेसनलले हाल देशैभर ८१ शाखा, ७५ एटिएम र ९९ शाखारहित बैंकिङ एकाइमार्फत आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्बा, ड्राफ्ट, भिसा एटिएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिनेजस्ता सुविधा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्