Logo
Logo

रुपन्देहीका पाँच जनालाई भ्रष्टाचार मुद्दा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १९ जेठ ।
नापी कार्यालय, भैरहवा रुपन्देहीका पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । नापी अधिकृत सरोज श्रेष्ठ, सर्भेक्षक तिर्थराज भण्डारी, सर्भेक्षक थानेश्वर चौधरी, मालपोत कार्यालय भैरहवा, रुपन्देहीका ना.सु. धर्मराज पन्थी र भुसाल लेखापढी व्यवसायी भैरहवा रुपन्देहीका लेखापढी व्यवसायी जीवन शर्माविरुद्ध आयोगले सोमबार मुद्दा दायर गरेको हो ।


सेवाग्राहीको जग्गाको कित्ताकाट र नामसारी गर्ने काममा सहजीकरण गरिदिने प्रयोजनका लागि १७ लाख घुस लिएका थिए । गत महिना उनीहरु घुससहित रंगेहात पक्राउ परो थिए ।

अनुसन्धानको सिलसिलामा साविक लेखनाथ २ कास्की वस्ने जग्गाधनी गंगादेवी पौडेलको नाउँमा कायम रहेको रुपन्देही साविक टिकुलीगढ ९ क स्थित कित्ता नं. २५२,९२९,९३६,९४६,९२६ र ऐ. कार्यालय ऐ. मितिको टोकन नं. १४ को आदेशानुसार ऐ.ऐ. वस्ने जग्गाधनी स्वतन्त्र पौडेलको नाउँमा दर्ता कायम रहेको रुपन्देहीै कित्ता नं. ९४४, ९२५, ९४०, ९३७, ९३३ जग्गाहरूको राजीनामा प्रकृतिको कित्ताकाट र नामसारीको लागि घुस लेनदेन भएको हो । लेखन्दास जीवन शर्मा, नापी कार्यालय रुपन्देही, भैरहवाका नापी अधिकृत सरोज श्रेष्ठ, नापी सर्भेक्षकहरू थानेश्वर चौधरी र तीर्थराज भण्डारी र मालपोत कार्यालय रुपन्देही, भैहरवाका नायव सुब्वा धर्मराज पन्थीले एकापसमा मिलेमतो र वाँडीचुँडी खानेलिने मनसायले निवेदक तथा सेवाग्राही पर्शुराम भण्डारीसँग १७ लाख घुस लिएका थिए ।

लेखन्दास जीवन शर्माले उल्लिखित जग्गाहरूको राजीनामा प्रकृतिको कित्ताकाट र नामसारीको लागि मालपोत तथा नापी कार्यालयमा पेश गर्नुपर्ने लिखत आफैले तयार गरी पेश गरी गराई उक्त कामको लागि उल्लिखित राष्ट्रसेवक कर्मचारीहरूबाट काम गराईदिनको लागि निवेदक पर्शुराम भण्डारीसँग घुस १७ लाख माथ गरी उक्त रकम घुस रिसवतवापत लिन मन्जुरसमेत गरी आरोपित राष्ट्रसेवक कर्मचारीहरूको मिलेमतोमा निवेदकलाई उक्त घुस वापतको रकम दिन फोनमा कुराकानी तथा दवावसमेत दिई नापी र मालपोत कार्यालय रुपन्देही भैरहवाका उल्लिखित आरोपितहरूको निर्देशनमा विचौलियाको भुमिका खेली सो घुस रकम लिएको पुष्टि भएको आयोगले जनाएको छ ।

नापी कार्याल रुपन्देही, भैरहवाका नापी अधिकृत सरोज श्रेष्ठ, नापी सर्भेक्षक थानेश्वर चौधरी र नापी सर्भेक्षक तीर्थराज भण्डारीले उल्लिखित जग्गाहरूको राजीनामा प्रकृतिको कित्ताकाट र नामसारीको लागि मालपोत कार्यालय रुपन्देही, भैरहवाका नायव सुब्वा धर्मराज पन्थीलाई समेत पाँच लाख दिनुपर्ने भनी निवेदक पर्शुराम भण्डारीसँग जम्मा १७ लाख माग गरी गराई विचौलिया लेखन्दास जीवन शर्मालाई दिन र लिन समेत लगाएको आयोगले जनाएको छ ।
यसमा मालपोत कार्यालय भैरहवा रुपन्देहीका नायव सुब्वा धर्मराज पन्थीको समेत मिलेमतो रहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्