Logo
Logo

सरकारले एउटा उद्योग खोलेर प्रचार गर्ने होइन : राजेन्द्र लिङ्देन 


0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले एउटा उद्योग खोल्ने, चलाउने र प्रचार गर्ने काम गर्न नहुने बताएका छन् ।

The current image has no alternative text. The file name is: Rajendra-Linden.png

निजी क्षेत्रलाई उद्योग खोल्न प्रोत्साहित गर्ने र लाखौँको रोजगारी सिर्जना गर्ने वातावरण बनाउने जिम्मेवारी सरकारको भएको बताउँदै उनले प्रचार लाग्न नहुने बताएका हुन् । 

हिजोका समयमा सरकारले उद्योगधन्दा खोल्ने र चलाउने काम गरेको उल्लेख गर्दै उनले आज भने समय बदलिएको बताए । उनले भने, ‘हिजो कुनै समय थियो सरकारले उद्योगधन्दा खोल्ने र चलाउने । आज समय बदलिएको छ… सरकारले एउटा उद्योग खोल्ने, चलाउने र प्रचार गर्ने होइन। निजी क्षेत्रलाई उद्योग खोल्न प्रोत्साहित गर्ने, लगानी मैत्री वातावरण बनाउने एउटा होइन हजारौँ उद्योग खोल्न र लाखौँको रोजगारी सिर्जना गर्ने वातावरण बनाउने जिम्मेवारी सरकारको हो ।’

प्रतिक्रिया दिनुहोस्