Logo
Logo

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री पदम राईको निधन


2.7k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय समिति सदस्य एवं पूर्वमन्त्री पदम राईको निधन भएको छ ।

भोजपुर षडानन्द नगरपालिका बोयाका ५७ वर्षीय राईको उपचारका क्रममा शनिबार राजधानीको वीर अस्पतालमा निधन भएको हो । उनी पार्किन्सन रोगबाट थलिएका थिए ।

राई तत्कालीन एकीकृत नेकपा माओवादी विभाजनपछि मोहन वैद्यतिर लागेका थिए । वैद्यको पार्टी फुटेपछि उनले नेत्रविक्रम चन्द ‘विप्लव’ साथ दिएका थिए । तर पछि उनी माओवादीमा फर्किएका थिए ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000