Logo
Logo

गाँजा नियन्त्रण गर्न प्रहरीद्वारा गोली प्रहार


1.3k
Shares

सुनसरी । प्रहरीले धरानमा दुई गाडी गाँजा नियन्त्रणमा लिएको छ । धनकुटाबाट धरानतर्फ आइरहेको गाँजा बोकेको गाडी नियन्त्रण गर्न खोज्दा चालक भाग्न खोजेपछि प्रहरीले ४ राउण्ड गोली फायर गरेको छ ।

‘धनकुटाबाट गाँजा आउँदैछ’ भन्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगु र वडा प्रहरी कार्यालय भानुचोकका प्रमुख रुद्र खडकाको टोली धरानको शिवधारामा गाडी नियन्त्रणमा लिन गएका थिए । प्रहरीले सेतो नम्बर प्लेटको गाडीमा रहेको ६ सय केजी गाँजा नियन्त्रणमा लिएको छ ।

गाँजा ओसारपसार गर्ने एकजना पक्राउ परेका छन् भने एकजना फरार रहेको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए । गाँजा नियन्त्रण गर्न ४ राउन्ड गोली प्रहार गर्नु परेको प्रहरीले जनाएको छ । आज दिउँसो पत्रकार सम्मेलन गरेर गाँजा नियन्त्रणबारे सार्वजनिक गर्ने एसपी तिम्सिनाले बताए ।

प्रतिक्रिया दिनुहोस्