Logo
Logo

भुटानी राजाद्वारा बौद्धनाथ दर्शन


189
Shares

काठमाडौं । भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुकले बौद्धनाथको दर्शन गरेका छन् । आज बिहान नेपाल आइपगेका भुटानी राजा वाङचुकले केहि बेरअघि बौद्ध पुगेर बौद्धनाथको दर्शन गरेका हुन् ।

त्यसअघि उनले स्वयम्भूनाथको दर्शन तथा पुजापाठ गरेका थिए । भारतबाट स्वदेश फर्कने क्रममा काठमाडौँ आएका भुटानी राजा वाङचुक आजै स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्