काठमाडौं । धनगढी उपमहानगरपालिकामा मेयर गोपाल हमाललाई उपचारका लागि दिल्ली रेफर गरिएको छ ।

शुक्रबार स्वास्थ्यमा समस्या आएपछि हमाल धनगढीको माया मेट्रो अस्पताल भर्ना भएका मेयर हमाललाई थप उपचारका लागि दिल्ली रेफर गरिएको हो ।
चिकित्सककाअनुसार उनको मस्तिष्कको नसामा समस्या देखिएपछि आईसीयूमा राखेर न्यूरोलोष्टि डाक्टर हरि पौडेलको टीमले उपचार गरिरहेकोमा शनिबार भने दिल्ली रेफर गरिएको हो ।उनको मष्तिकको एउटा नसामा समस्या देखिए पनि अवस्था जटिल भने छैन् ।














