काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका संयोजक मोहन वैद्य किरणले ११७ सदस्यीय नयाँ केन्द्रीय समिति घोषणा गरेका छन् । आइतबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अडिटोरियम हलमा संयोजक किरणले नयाँ केन्द्रीय समिति घोषणा गरेका हुन् ।

हलले दुई अङ्क अर्थात् ९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय विपरीत किरणले केन्द्रीय समिति विस्तार गरेका हुन् । तीन अङ्कको केन्द्रीय समिति बनेपछि हलमा विरोध भएको एक नेताले जानकारी दिए ।
तर विरोधको बचाउ गर्दै सबै पक्षलाई समेट्दा दुई अङ्कमा समेट्न नसकिएको वैद्यले जवाफ दिएका थिए । केन्द्रीय समिति गठन भएसँगै महासचिवमा वैद्यलाई चयन गर्न लागिएको हो ।














