नुवाकोट । नुवाकोटमा दुई छोरा र आमा मृत भेटिएका छन् । आइतबार बिहान किस्पाङ गाउँपालिका–१ नुचेतमा दुई छोरासहित आमा मृत भेटिएका हुन् ।

आफ्नै घरमा भित्रबाट आग्लोमा तीन जना झुण्डिएको अवस्थामा फेला परेका हुन् । २४ वर्षीया चन्दीमाया तामाङ, उनका पाँच वर्षीय छोरा रोशन र तीन वर्षीय छोरा रोमन झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।
घटनाबारे अनुसन्धन गर्न जिल्लाबाट प्रहरी प्रमुखसहितको टोली गएको थियो । चन्दीमायाका श्रीमान रेसबहादुर घरमाथि रहेको बारीमा केराउ टिप्न गएको समयमा घटना घटेको स्थानीयले बताएका छन् ।
प्रहरीले शव जिल्ला अस्पताल त्रिशुलीमा पठाएको छ।














