Logo
Logo

आधा किलो सुनसहित साँगा चोकबाट २ जना पक्राउ


882
Shares

काठमाडौं । पाँच सय ५८ ग्राम सुनसहित काभ्रेबाट २ जना पक्राउ परेका छन् । रोशी गाउँपालिका–९ बस्ने ३८ वर्षीय बसन्त लामा र रामेछाप मन्थली नगरपालिका–१ बस्ने २९ वर्षीय अमृत श्रेष्ठलाई आइतबार बनेपा नगरपालिका–१३ साँगा चोकबाट पक्राउ गरेको हो ।

काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको बीएबी ८६०८ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारको सिट मुनी लुकाई छिपाई राखेको सुन जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले आइतबार साँझ बरामद गरेको हो । बसन्त कारका चालक हुन् ।

प्रतिक्रिया दिनुहोस्