Logo
Logo

धनगढी जाँदै गरेको बस बाँकेमा दुर्घटना


504
Shares

काठमाडौं । पूर्व–पश्चिम राजमार्गस्थित बाँकेको राप्ती सोनारी गाउँपालिका–८ मगुवामा बस दुर्घटना भएको छ । काठमाडौंबाट धनगढी जाँदै गरेको २४ जना सवार बस सडक छेउको रुखमा ठोक्किएर दुर्घटना भएको हो ।

विपरीत दिशाबाट आउँदै गरेको ट्रकलाई जोगाउने क्रममा बस रुखमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा दुई जना सामान्य घाइते भएका छन् । उनीहरूको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि बसका चालक कैलालीको गोदावरी नगरपालिका–१ का ३६ वर्षीय रामबहादुर डाँगीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्