
काठमाडौं । काठमाडौंको चोभारमा रहेको एउटा कबाडी संकलन केन्द्रमा आगलागी भएको छ । आज बिहान कबाडी गोदाममा आगलागी भएको हो ।
अहिले आगलागी नियन्त्रणको प्रयास चलिरहेको प्रहरी प्रहरी परिसर काठमाडौँले जनाएको छ । आगलागी नियन्त्रणमा कीर्तिपुर नगरपालिकाको बारुणयत्र परिचालन गरिएको छ ।
घटनास्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी परिचालित छन् । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएकोे छ ।














