Logo
Logo

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै


252
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आजदेखि सुरु हुने भएको छ । पार्टी कार्यालय आलोकनगरमा बस्ने बैठक दुईदिन चल्नेछ ।

उपमहासचिव तथा केन्द्रीय कार्यालय सचिव रामकुमार भट्टराईका अन्ुसार पार्टीको देशभर सांगठनिक गतिविधि, जिल्ला तथा प्रदेशका अधिवेशन, स्थानीय तहको उपनिर्वाचनको समीक्षा, मुलुकको समसामयिक राजनीतिक विषयवस्तु, नेताहरूको कार्यविभाजन तथा संरचनामा फेरबदलसम्बन्धी छलफल गर्न बैठक बोलाइएको हो ।

गत असारमा दशौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको पार्टीले अहिलेसम्म नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्यविभाजनअन्तर्गत विभिन्न विभागीय प्रमुख, जिल्ला इन्चार्ज, आयोग तथा जनसङ्गठन इन्चार्ज तोकेको छैन ।
पार्टी संरचनामा कार्यविभाजन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित कार्यदलले टुंगो लगाएको नामावली बैठकले अनुमोदन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्