
काठमाडौं । लोक सेवा आयोगले ठूलो संख्यामा शाखा अधिकृत माग गरेको छ । आयोगले बुधवार विभिन्न सेवा, समूहतर्फ गरी चार सय २२ पदका लागि शाखा अधिकृत माग गरेको हो ।
न्याय सेवा, प्रशासन सेवा, लेखा सेवा, परराष्ट्र सेवा र लेखापरीक्षण लगायतका विभिन्न समूहका पदहरूमा समावेशी र खुला प्रतिस्पर्धाबाट पदपूर्तिका लागि कर्मचारी माग गरिएको आयोगद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।














