Logo
Logo

माओवादीको स्थायी समिति बैठक भोलि बस्ने, यी हुन छलफलका एजेण्डा


1.3k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक भोलि (बिहीबार) बस्दैछ । केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न पार्टीको केन्द्रीय कार्यालय पेसिरडाँडामा भोलि दिउँसो ३ बजे बैठक बस्ने भएको हो ।

यसअघि मङ्सिर २० गते बसेको पदाधिकारी बैठकले एजेन्डामाथि थप छलफल गर्न स्थायी समिति बैठक बोलाएको थियो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गर्ने राजनीतिक दस्ताबेज, पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनको जिम्मेवारी लगायत विषयमा छलफल हुने सचिव चक्रपाणि खनालले जानकारी दिए ।

साथै पार्टी एकता, विधान कार्यदलले तयार गरेको प्रतिवेदन सम्बन्धमा समेत छलफल हुने बताइएको छ । माओवादीको केन्द्रीय समिति बैठक पुस २ देखि ७ गतेसम्म बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्