
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सविरुद्ध काठमाडौं गुर्खाजले पहिले ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर काठमाडौं गुर्खाजले ब्याटिङको निर्णय गरेको हो ।
प्रतियोगिताका पाँचमध्ये चार खेलमा हार व्यहोेरेको लुम्बिनी आजको खेलमा पराजित भए प्रतियोगिताको प्लेअफ यात्राबाट बाहिरिने पहिलो टोली बन्नेछ । आफ्नो पाँचौँ खेलमा चितवन राइनोजविरुद्ध ३३ रनको जित निकालेको लुम्बिनीले त्यसअघिका चार खेलमा भने लगातार हार व्यहोरेको थियो ।
यता, काठमाडौं भने आजको खेलमा जितसहित आफ्नो प्लेअफ सम्भावनालाई कायम राख्ने लक्ष्यमा हुनेछ । प्रतियोगितामा तीन खेल मात्र खेलेको काठमाडौंले यसक्रममा दुई हार र एक जितको नतिजा निकालेको छ ।














