Logo
Logo

मन्त्रीलाई चन्द्र ढकालको सुझाव- चर्चामा आउन मात्र ‘पपुलर’ निर्णय नगर्नुहोस्


882
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चर्चा कमाउनका लागि मात्र ‘पपुलर’ निर्णय नगर्न श्रम‚ रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको ध्यानाकर्षण गराएका छन्।

बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले चर्चाका लागि गरिने निर्णयले क्षणिक फाइदामात्र हुने र नतिजा आउन नसक्ने उल्लेख बताए। उनले वास्तविकतामा टेकेर गरिने निर्णय नै दीर्घकालीन र फलदायी हुने बताए ।

उनले वैदेशिक रोजगारीमा फ्रि भिसा, फ्रि टिकटको नारा चर्चा कमाउनका लागि मात्र लगाइएको आरोप लगाए । उनले फ्रि भिसा र फ्रि टिकटका लागि नेपाललाई मात्रै नभइ पाकिस्तान र बंगदलादेशलाई पनि रहेको भन्दै थोरै संख्यामा मात्र फ्रि टिकट र फ्रि भिसाअन्तर्गत श्रमिक पठाउन सकिने बताए ।

‘मैले वैदेशिक रोजगारीको कुरा गर्न चाहेँ( फ्रि भिसा, फ्रि टिकट भनिएको छ। यो भनेर मात्रै हुँदैन, मेरो आग्रह के हो भने कहिलेकाहीँ पपुलर नाराको लागि हामीले वास्तविक अवस्थाभन्दा पनि फरक प्रकृतिको डिसिजन गरिरहेका छौँ‚’ उनले भने, ‘म मन्त्रीज्यूलाई के आग्रह गर्न चाहन्छु भने पपुलर डिसिजनभन्दा पनि रिजल्ट आउने हिसाबको डिसिजन गर्नुपर्छ भन्ने मलाई लाग्छ । किनभने फ्रि टिकट, फ्रि भिसा हामी नेपालीको मात्रै त होइन नि । बंगलादेश, पाकिस्तान पनि छ । हामीले यहाँ फ्रिमा पठाउने भनेर त्यो कति सान्दर्भिक हुन्छ ।’

अध्यक्ष ढकालले सरकारबाट दिइने तालिमहरुले सीपयुक्त जनशक्ति तयार हुनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्