Logo
Logo

कर्णालीले दियो लुम्बिनीलाई १२९ रनको लक्ष्य


504
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज भएको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई १२९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनायो । कर्णालीका लागि विलियम बसिस्टोले सर्वाधि ४४ रन जोडे । अर्जुन घर्तीले २५, बाबर हायातले २० रन बनाए ।

लुम्बिनीका लागि वकास आग्रीले ३ तिलक भण्डारीले २ विकेट लिए । रोहित पौडेल, सादबीन जफर र रामोन सिम्मोन्डस्ले १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्