काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठकमा वार्षिक कार्ययोजनामाथि छलफल भएको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकमा वार्षिक कार्ययोजनाबारे छलफल हो ।

वार्षिक कार्ययोजना बनाएर मात्रै नेताहरूको कार्य विभाजनमाथि छलफल गर्ने उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए । ‘आजको बैठकमा पार्टीको वार्षिक कार्ययोजनामाथि छलफल भयो तर निर्णय भएको छैन । भोलि शनिबार बिहान ११ बजे बस्ने बैठकमा पुन छलफल हुनेछ । वार्षिक कार्ययोजना बनाएर मात्रै नेताहरूको कार्य विभाजनमाथि छलफल प्रवेश हुन्छ’, उनले भने ।
पदाधिकारीले बोल्ने क्रम सकिएपछि स्थायी कमिटी सदस्यले धारणा राखेर वार्षिक कार्ययोजनाबारे टुंगोमा पुग्ने उपमहासचिव भट्टराईले बताए ।














