Logo
Logo

नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै


378
Shares

काठमाडौं । एसीसी अन्डर–१९ महिला एसिया कपमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियामा जारी खेल नेपाली समय अनुसार पौने १२ बजे मलेसियाको बायुमास ओभलमा हुनेछ । आइतबार भएको खेलमा भारतले पाकिस्तानलाई ९ विकेटले हराएको थियो ।

समूह बीमा रहेको भारतले शानदार सुरुवात गरेको छ । नेपाली महिला टोली पहिलो पटक एसिया कप खेल्न लागेको हो । आजको खेल जित्दै नेपाल विजयी सुरुवात गर्न चाहन्छ भने पाकिस्तान भारतसँगको हारको बदला लिन चाहन्छ ।

नेपाली युवा टोलीको कप्तानी पूजा महतोले गर्ने छिन् भने टिमको उपकप्तानको जिम्मेवारी सोनी पाख्रिनलाई दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्