Logo
Logo

कपिलवस्तुबाट बर्दिया जाँदै गरेको बस दुर्घटना, २ जनाको मृत्यु


441
Shares

काठमाडौं । दाङको लमहीमा मिनी बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

कपिलवस्तुको चन्द्रौटाबाट बर्दिया जाँदै गरेको लु१ज ४२९८ नम्बरको विङ्गर मिनी बस लमही–कोहलपुर सडकखण्ड अन्तर्गत लमही नगरपालिका– ९ च्याउ खोला भन्ने स्थानमा आज बिहान दुर्घटना हुँदा कपिलवस्तुको शिवराज नगरपालिका ३ का फुलसी थारु र सोही ठाउँ तिर्थी थारुको मृत्यु भएको हो ।

उनीहरुको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख कविराज रोकायले जानकारी दिए ।

दुर्घटनामा शिवराज नगरपालिका ३ निवासी ४५ वर्षीय मिथिया थारु, सोही ठाउँ निवासी ६५ वर्षीय तेहली थारु, ७७ वर्षीया दर्शनी थारु, ६० वर्षीया महंगी थारु, ४० वर्षीया सरीता थारु, ५५ वर्षीया रामपियारी थारु, ४७ वर्षीय रामचन्द्र थारु, ४५ वर्षीय बुद्धि चौधरी, ४५ वर्षीया फुलबजनी चौधरी, ३८ वर्षीय बुद्धराम थारु र ३६ वर्षीय सुरेश यादव घाइते भएका छन् ।

घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ । गम्भीर अवस्थाका घाइतेलाई आफन्तको जिम्मा लगाउँदै रिफर गर्ने काम पनि भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्