
काठमाडौं । एसीसी अन्डर–१९ महिला एसिया कप क्रिकेटमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । एक खेल अगावै सुपर फोरमा प्रवेश गरेका भारत र नेपाल आज १२ बजे मलेसियाको वायुमास ओभलमा आमनेसामने हुने भएका हुन् ।
सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानको अन्डर १९ टिमलाई ६ विकेटले पराजित गर्दै नेपालले सुपर फोरमा स्थान सुरक्षित गरेको छ ।
नेपालको जितमा कप्तान पूजा महतोले सानदार अलराउन्ड प्रदर्शन गरिन् । नेपाली युवा टोलीले पाकिस्तानसँगको पहिलो भेटमै उसलाई स्तब्ध पारेको हो ।
पाकिस्तान लगातार दोस्रो हारका साथ प्रतियोगिताबाट बाहिरिएको छ । पाकिस्तान पहिलो खेलमा भारतसँग पराजित भएको थियो ।














