Logo
Logo

तीन रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज


441
Shares

काठमाडौं । नविकरण गर्ने तीनवटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज भएको छ । नेपाल राष्ट्र बैंकले भाटभटेनी मनी ट्रान्सफर, मोर्डन रेमिट्यान्स र नमस्ते रेमिट इन्टरनेशनलको इजाजत खारेज गरेको हो ।

कारोबार गर्ने इजाजतको म्याद नवीकरण नगरेकाले खारेज गरेको राष्ट्र बैंकले जनाएको छ । खारेज भएका संस्थासँग रेमिट्यान्सको रकम लिनुदिनु भएमा ३५ दिनभित्र लिखित जानकारी दिन भनिएको छ । यदी त्यसो नगरेमा यी कम्पनीको बैंक जमानत जफत हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्