Logo
Logo

कारमा लुकाएको गोलीसहित युवक पक्राउ


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ११ माघ ।
कारमा लुकाएको गोलीसहित एक युवक पक्राउ परेका छन् । काठमाडौं मण्डिखाटार बस्ने बर्ष ४६ को सलिम अख्तरलाई ठुलो हतियारमा लाग्ने १ राउण्ड गोली सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।


भक्तपुर सूर्यबिनायक नगरपालिका १० साँगा महादेव मन्दिर नजिक कार पार्किङमा निज सलिमको बा.१० च ४९४९ नम्बरको कारको डयास बोर्डमा लुकाइराखेको अवस्थामा उक्त गोली फेला पारी चालक सलिमलाई प्रहरीले पक्राउ गरेको हो । घटनाको बारेमा विस्तृत अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्