
काठमाडौं । काठमाडौंका केही स्थानमा आज (मंगलबार) देखि चार दिनसम्म दैनिक ५ घण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।
गोठाटार, मातातीर्थ, केएमसी अस्पताल, पुरानो एयरपोर्ट, कुलेश्वर, बानेश्वर लगायतका ठाउँमा विद्युत् अवरुद्ध हुने भएको हो । गोठाटार (जोरपाटी) फिडरअन्तर्गत मानटार चोक क्षेत्रमा आज बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् अवरुद्ध हुने छ ।
त्यसैगरि बुधबार मातातीर्थ (कुलेश्वर) फिडर अन्तर्गत मातातीर्थ वरिपरिका क्षेत्र, बिहीबार शंखमूल फिडर (बानेश्वर) अन्तर्गत दोभान पुल वरिपरिका क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने छ ।
शुक्रबार केएससी र पुरानो एयरपोर्ट फिडर (बानेश्वर) अन्तर्गत आलोकनगर वरिपरिका क्षेत्रमा ५ घण्टा विद्युत् अवरुद्ध हुने छ ।
कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरणलाइन भूमिगत गर्ने कार्यको लागि विद्युत् आपूर्ति बन्द गर्न लागेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
तोकिएको समयभन्दा अगाडि नै काम सम्पन्न भए निर्धारित समयअघि नै विद्युत् आपूर्ती सुचारु हुने पनि प्राधिकरणले जनाएको छ ।














