Logo
Logo

आवासीय चिकित्सकद्वारा चिकित्सा शिक्षा आयोग घेराउ


504
Shares

काठमाडौं । आवासीय चिकित्सकले चिकित्सा शिक्षा आयोग घेराउ गरेको छन् । सरकारले मासिक ४८ हजार रुपैयाँ निर्वाह भत्ता लागू नगरेपछि आवासीय चिकित्सकले शिक्षा आयोग घेराउ गरेका हुन् ।

मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले निर्वाह भत्ता तोकेका थिए । निजी मेडिकल कलेजमा सःशुल्क अध्ययन गर्ने स्नातकोत्तर तहका आवासीय चिकित्सकलाई पहिलो वर्ष २५ हजार, दोस्रो वर्ष ३० हजार र तेस्रो वर्ष ३५ हजारका दरले निर्वाह भत्ता उपलब्ध गराउने मन्त्रीस्तरिय निर्णय भएसँगै चिकित्सकहरू विरोधमा उत्रिएका हुन् ।

स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका अध्यक्ष डा. शेषराज घिमिरेले स्वास्थ्य र शिक्षामन्त्रीले गरेको उक्त निर्णय मान्य नहुने बताए ।

‘निजी मेडिकल कलेजमा पनि सरकारीसरह ४८ हजारको सुनिश्चिता नभएसम्म यो लडाईंबाट पछाडि हट्दैनौं । आजदेखि विरोधका कार्यक्रम सुरू गर्‍यौं’, डा. घिमिरेले भने ।

प्रतिक्रिया दिनुहोस्