Logo
Logo

सभ्यताको ‘पसन्द आया’ (भिडियो)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ असार ।  बलिउड फिल्मी उद्योगमा नेपाली कलाकार सभ्यता गिरी संघर्षरत छिन् । नेपालमा संघर्ष गर्दागर्दै हराएकी उनी पछिल्लो समय बलिउडको एक भिडियोमा देखिएकी छन् । सभ्यता हालै रिलिज भएको ‘पसन्द आया’ बोलको गीतमा देखिएकी हुन् ।
नेपाल र भारत दुवै देशलाई आफ्नो कर्मथलो बनाउँदै अघि बढिरहेकी सभ्यताले नेपालमा पनि केही भिडियोहरुमा मोडलिङ गरेकी छन् । तर, उनको नेपालमा भने ओझेलमा पर्दै गएकी छन् । यता ओझेल पर्दा उनी बलिउडमा भने राम्रै चर्चा बटुल्दै आएकी छन् ।
उनी अभिनित हिन्दी गीतको म्युजिक भिडियो ‘पसन्द आया’लाई निकै रुचाइएको छ । यो भिडियोमा सभ्यताको मनमोहक अभिनय देख्न सकिन्छ । सभ्यतालाई म्युजिक भिडियोमा भुषण पटेलको साथ रोमान्स गर्दै गरेको देख्न सकिन्छ । ए.आर. प्रोडक्सनको निर्माण रहेकोे उक्त भिडयोलाई अजित गाडेले कोरियोग्रफ गरेका छन् । विपिन दासकोे शब्द, संगीत, प्रतिभा शर्शाको आवाज रहेको गीतको भिडियो आनन्द राउतले निर्देशन गरेका हुन् । जि.म्युजिक कम्पनीले भिडियो सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्