पर्वत । पर्वतको जलजला गाउँपालिका-८ फर्सेमा कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पस्दा २५ घर बगेका छन् ।आइतबार बिहान करिब ८ बजे नदीको बहाव बढेर बस्तीमा पसेपछि त्यहाँ रहेका करिब ८० घरमध्ये २५ घर बगेका हुन् । अन्य घरसमेत जोखिममा रहेको जनाइएको छ ।

घटनामा मानवीय क्षति भने भएको छैन। बस्तीमा रहेका सबै स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । पहिरोका कारण तत्काल प्रहरी टोली घटनास्थलमा पुग्न सकेको छैन । उक्त स्थान प्रहरी चौकी मिलनचोक, पर्वतबाट करिब ६ किलोमिटर पूर्वमा पर्छ ।घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।














