Logo
Logo

महानगरका सडकपेटीमा निर्माण सामग्री राख्दा १५ हजार जरिबाना


378
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलले पैदलयात्रुलाई अवरोध हुने गरी सडक पेटीमा निर्माण सामग्री राख्नेलाई कारबाही गरेको छ ।

महानगरपालिकाको वडा नम्बर ६ स्थित सडकपेटीमा निर्माण सामग्री राखेर पैदलयात्रुलाई अवरोध पुर्‍याएको भन्दै राधिका पोखरेललाई नगर प्रहरीले जरिबाना गराएको हो । महानगर प्रहरी बलबाट उनलाई १५ हजार रुपैयाँ जरिवाना भएको छ ।

पछिल्लो समय काठमाडौं महानगरपालिकाको नगर प्रहरीहरूले सडकपेटीमा अवरोध पुर्‍याउने, जथभावी सडक खन्ने, फोहोर फाल्ने, अनुमतिविना पोस्टर टाँस्नेविरुद्ध आक्रामक बन्दै जरिवाना तिराउन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्