काठमाडौं । मधेश केन्द्रित दलहरुको आज बैठक बस्दैछ । सिंहदरबारस्थित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको हलमा दिउँसो २ बजे बैठक बस्नेत तय भएको जनमत पार्टीका प्रवक्ता डा. शरद यादवले जानकारी दिए ।

उनका अनुसार आजको बैठकमा आठ पार्टीको मोर्चा बनाउने विषयमा छलफल केन्द्रित हुनेछ । बैठकमा ८ वटै दलको प्रतिनिधि सहभागी हुने उनले बताए । ‘सबै दलबाट एक–एकजना प्रतिनिधि तोकेर पार्टी शीर्ष तहमा संवादको प्रक्रिया अघि बढाउने गरी छलफल अघि बढ्छ’ उनले भने ।
बैठकमा जसपा, जनमत, जसपा नेपाल, नागरिक उन्मुक्ति, लोसपा, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता प्रगतिशील र तमलोपा सहभागी हुँदैछन् ।














