काठमाडौं । जिल्ला अदालत, भक्तपुरले आशिका तामाङलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

न्यायाधीश सन्तोषप्रसाद पराजुलीको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो । उनीविरुद्ध प्रहरी वृत्त जगातीले आपराधिक उपद्रवको कसुरमा अनुसन्धान गरेको थियो ।
तामाङले ४ असोजमा सूर्यविनायक नगरपालिका–९ बाट वडा नं- १० मा जाने क्षेत्रमा रहेको झोलुङ्गे पुल चढ्दा लाग्ने शुल्कबारे विरोध गर्दै सामाजिक सञ्जालमा भिडियो हालेका थिए ।














