जनकपुरधाम । धनुषामा आफूलाई नेपाल प्रहरीको डीएसपी भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा सिराहाको लाहान नगरपालिका–२० बस्ने ३० वर्षीय दिपक भनिने धनिकलाल साह रहेका छन् ।

इलाका प्रहरी कार्यालय ढल्केबरको टोलीले उनलाई धनुषाको गणेशमान चारनाथ नगरपालिका ४ बाट पक्राउ गरेको हो । दिपकले डीएसपी भन्दै आफूसँग ५० हजार रुपैयाँ ठगी गरेको भनी धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ का रमेश श्रेष्ठले इलाका प्रहरी कार्यालय ढल्केवरमा दिएको जाहेरीको आधारमा पक्राउ गरिएको हो ।
दिपकलाई ठगी कसुरमा धनुषा जिल्ला अदालतबाट म्याद थप लि अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।














