काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)लेराष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने भएको छ ।

क्यानले प्रशिक्षक देशाईसँगको दुई वर्षको सम्झौता सकिएसँगै सम्झौता नवीकरण नगर्ने निर्णय गरेको हो । मोन्टीको प्रशिक्षणमा नेपाली क्रिकेट टिमले खराब फर्मबाट माथि उठेर राम्रो प्रदर्शन गरेको थियो भने आईसीसी टी-२० विश्वकप पनि १० वर्षपछि खेलेको थियो ।
मोन्टीले केही दिनअघि नेपालका युवाहरूलाई ब्याटिङ क्लिनिकमा पनि समावेश गराएका थिए ।














