Logo
Logo

कांग्रेस र कम्युनिस्ट पार्टीहरूले खिचडी राजनीति गरिरहेको वामदेवको आरोप


630
Shares

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले कांग्रेस र कम्युनिस्ट पार्टीहरूले खिचडी राजनीति गरिरहेको टिप्पणी गरेका छन् ।  

आइतबार राष्ट्रियसभाको विशेष समयमा बोल्दै गौतमले सिद्धान्त फरक भएका कांग्रेस र कम्युनिस्ट पार्टीहरूले मिलेर चुनाव लड्ने र सरकार बनाउने काम गरेर खिचडी राजनीति गरिरहेको टिप्पणी गरेका हुन् ।

उनले मुलुकलाई खिचडी राजनीति नचाहिने भएकाले यसलाई बहिष्कार गर्नुपर्ने धारणा राखे । हरेक पार्टीले स्वतन्त्र ढङ्गले जनताको बिचमा जाने र त्यसका आधारमा सङ्गठन निर्माण गरेर देखाउनुपर्ने उनको भनाइ छ ।

गौतमले अहिले अध्यादेश नै राजनीतिक माहौल बनेको तर आफू अध्यादेशको पक्ष वा विपक्षमा नरहेको जिकिर गरे । अध्यादेश जारी गर्दा विपक्षीलाई पनि विश्वासमा लिनु उचित हुने उनले बताए ।  

गौतमले राष्ट्रलाई लोकतन्त्रमा आधारित समृद्ध समाजवाद आवश्यक रहेको भन्दै यस दिशातर्फ सत्तापक्ष र प्रतिपक्ष कसैको ध्यान नरहेको धारणा राखे । 

प्रतिक्रिया दिनुहोस्