
काठमाडौं । भरतपुर महानगरपालिका –१६ फुर्तीचोकमा कारले पैदलयात्रीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आज बिहान ९ बजेको समयमा फुर्तीचोकबाट नवीनचोकतर्फ जाँदै गरेको बा.प्र.०१–०३४ च ९२२१ नम्बरको ईभी कारले पैदलयात्रीहरूलाई ठक्कर दिएको थियो ।
उक्त दुर्घटनामा जिल्ला चितवन, भरतपुर महानगरपालिका–१५ बस्ने वर्ष ३० की पार्वती भुजेल गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल पठाइएकोमा चिकित्सकले ९ः ५४ बजे मृत घोषणा गरेका थिए ।
दुर्घटनामा थप दुई जना पैदलयात्री सामान्य घाइते भई नयाँ मेडिकल कलेज भरतपुरमा उपचाररत रहेका छन् । कार र चालक जिल्ला चितवन, भरतपुर महानगरपालिका–१६ फुर्तीचोक बस्ने वर्ष ३३ का मनोज पौडेललाई नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।


















