Logo
Logo

भीम रावललाई समर्थन गरेको भन्दै पाँच नेता एमालेबाट निष्कासन


5.1k
Shares

काठमाडौं । नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावललाई समर्थन गरेको भन्दै थप पाँच जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।

एमाले सुदूरपश्चिमले सल्लाहकार परिषद् सदस्य लालबहादुर खड्का र हर्क कुँवरसहित प्रदेश कमिटी सदस्य जङ्गबहादुर विक, दुधकला विष्ट र केशर मियाँलाई पनि पार्टी सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । खड्का र कुँवर सुदूरपश्चिम प्रदेशका पूर्व सांसद पनि हुन् ।

सुदूरपश्चिम एमाले सचिव रण चन्दका अनुसार उनीहरूलाई भीम रावललाई समर्थन जनाएको भन्दै कारबाही गरिएको हो।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000