Logo
Logo

सडनडेथमा एनआरटीलाई हराउँदै चर्च ब्वाइज आहारारा गोल्डकपको क्वार्टरफाइनलमा


441
Shares

काठमाडौं । पोखरामा जारी २४औं आहारारा पोखरा गोल्डकपमा एनआरटीलाई सडनडेथमा हराउँदै चर्चब्वाइज क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सडनडेथमा चर्च ब्वाइजले ६–५ गोल अन्तरले पराजित गरेको हो ।

पोखरा, २४ माघः चर्च ब्वाइज युनाइटेड र न्युरोड टिमबीच प्रतिस्पर्धा पोखराको रङ्गशालामा जारी २४औँ संस्करणको आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिमा चर्च ब्वाइज युनाइटेड र न्युरोड टिम (एनआरटी) प्रतिस्पर्धा गर्दै । तस्बिरः राधिका कँडेल÷रासस

निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । तर थपिएको अतिरिक्त समयमा पनि दुवै टिमले गोल गर्न सकेनन् । खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

कुल १८ पेनाल्टी प्रहार भएको खेलमा चर्च ब्वाइज सडन डेथमा विजयी भएको हो । सुटआउटमा चर्च ब्वाइजका गोलकिपर टिकेन्द्र थापा नायक बने । उनले ३ पेनाल्टी बचाउनुका साथै पेनाल्टीमा गोल समेत गरे । चर्च ब्वाइजले अब विभागीय टोली त्रिभुवन आर्मी एफसीसँग क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्